Skip to content

मान्छेको मन किन

  • by
SujanBudhathoki

मान्छेको मन किन यति चञ्चल हुन्छ
तै भएर सायद ऊ सधैं असफल हुन्छ

बहुत माया गरेको या धोका खाएको हुनुपर्छ
नत्र भने यार मान्छे कहाँ त्यसै पागल हुन्छ ?

बा बिहे गर बिहे गर मात्र भनिरहन्छन
उता छोरोले खोजेको मोटरसाइकल हुन्छ

गर्नेले अँधेरैमा सबथोक गरिसक्यो यस्तै हो
यहाँ, सबेरैमा बालकहरुको बढी कोलाहल हुन्छ

आगो बोकेको छ मुटु पोलेको छ पानी झै गरी
प्रेम दियौ भने मात्र मेरो यो दिल शीतल हुन्छ

हुनसक्छ तिमी रोयौ भने तिम्रो आँखाको गाजल
मेटिएला, म रोए भने दुई-चार वटा गजल हुन्छ

न्याय छदै छैन, व्यवस्था कहिले पनि बदलिंदैन
यो देशमा फगत कानून मात्र फेरबदल हुन्छ

✍️ सुजन बुढाथोकी
रतुवामाइ, मोरङ्ग

Leave a Reply

Your email address will not be published. Required fields are marked *