भुलेको छ दुनिया त्यसैमा डुबेको छ आज
सज्जन छैन जुन विषय र मान्छे गहन छैन
सक्दैसक्दैन कसैले पनि कदापि सुधार्नै सक्दैन
फर्किएर नहेर त्यस्लाई सुध्रने पटक्कै मन छैन
म ! म हैन अर्कै हु र म कोही पनि हैन
जब स्वयम मभित्र मेरो आफ्नोपन छैन
ऊ सबथोक दिन्छु म जीवनमा केही गर्छु भन्छ
के गर्नु उसको हातमा अहिले एक सुक्को धन छैन
तिम्रोभन्दा पनि छाती चाहिँ चै फराकिलै छ
होला तिम्रोभन्दा अग्लो उसको भवन छैन
सेएर जस्तै न हो सम्बन्ध पनि आउने आउछन्
जीवनमा र जानेलाई कुनै बाधा अड्चन छैन
मुख्यमन्त्रीज्यू यसैले यो देश बिग्रिएको हो
देश देह हो अहिले दिमाखमा कुनै सन्तुलन छैन
कमिलो साहुले गुलियोको भाउ कति तोक्थ्यो
मानौ कि, यो देशमा अहिले उखु उत्पादन छैन
तसर्थ सरकार र साहुजीभन्दा उत्तम सहकारी हो
त्यहा, कुनै पनि शोषण र आर्थिक उत्पिडन छैन
✍️सुजन बुढाथोकी
रतुवामाइ, मोरङ्ग
