Skip to content

अलिकति जुक्यो नजर

  • by


अलिकति झुक्यो नजर, अलिकति लुकाऊ बहर
बाङ्गो छैन सोझो विचार, अलिकति दुखाऊ कहर ।।

खालि ठाउ छ कि दिलमा, यो मुटुलाई सजाई राख्नलाई
देऊ न रेखी बुझ्ने आधार, अलिकति फुकाऊ रहर ।।

रोक तोक गर्लान् कसैले, राजी खुशी तिम्रो मनको
हात समाई तरौं जङ्घार, अलिकति जुटाऊ ठहर ।।

बैंश जोवन् खेल होइन नि, दुई आत्माको मिलन् चौतारी
खेपौंला ती चोट प्रहार, अलिकति उठाऊ लहर ।।

हामी दुईले सोच्ने एउटै हो, जीबनको गति पिरती
हाम्रो छुट्टै बन्छ सन्सार, अलिकति छुपाऊ अधर ।।

रुप अनुरागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *