Skip to content

आउने आउछन् र जाने जान्छन्

  • by

आउने आउछन् र जाने जान्छन, यस्तै हो
कसैलाई पनि छैन बाधा अड्चन, यस्तै हो

भत्काएर मान्छेको दिल र चुडेर कोमल फुलहरू
यहाँ सबैले पत्थरलाई देवता मान्छन, यस्तै हो

के अर्थ भो त्यहाँ सिसा जस्तो देश उभिएको छ
ठुलो स्वार्थ रहेछ सबैले कुर्सी तान्छन, यस्तै हो

जङ्गलमा केवल एउटा सेर सकिएपछि यहाँ,
हजारौ स्यालहरू राजा झै गरेर खान्छन, यस्तै हो

आखिर लिने भनेको एउटा न हो बजार आउछन्
केटीहरू र हजारौंहजार कपडा छान्छन, यस्तै हो

बद्लियो मनबचन र तपाईंको भवन मन्त्रीज्यू !
किन कहिल्यै बदलिएन जनताको जीवन, यस्तै हो

✍️सुजन बुढाथोकी
रतुवामाइ, मोरङ्ग

Leave a Reply

Your email address will not be published. Required fields are marked *