Skip to content


हो म जान्दछु
तिम्रो आँखाको नानीबाट
टाढा हुनु थियो
टाढा भइदिएको छु अब
तर नसम्झिदिए है मायालु
यहाँ फुल्ने मात्र होइन
तर र्झन पनि साह्रो छ
माया गर्दा गर्दै कसैको
आँखाको नानीबाट टाढा
भइदिन पनि साह्रो छ
तिम्रो मायालाई अँगाल्दै
हरेक पलमा सम्झना गर्दै
बिर्सिदिन पनि साह्रो छ
हृदयमा धेरै व्यथाहरू लिएर
आँसु बहाउन नसक्दा
दिललाई जलाई जलाई
बाँचिरहेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *