बगेको खोला हो कि, बन्दुक्को गोली हो ?
रोक्न नसक्ने भो रे, त्यो कस्तो बोली हो !!
हृदयमा चोट दिने त्, गुलाब कै फूल हो
यो आँखालाई रुवाउने, त्यो तिम्रो डोली हो
बगेको खोला हो कि, बन्दुक्को गोली हो ?
रोक्न नसक्ने भो रे, त्यो कस्तो बोली हो !!
रोकेर माया रोक्दैन, यो समाज यो ‘बुज्दैन
भन्दैन माया त् यो हो, बगिजाने खोलि हो
बगेको खोला हो कि, बन्दुक्को गोली हो ?
रोक्न नसक्ने भो रे, त्यो कस्तो बोली हो !!
टुटाएर यो टुट्छ कहाँ, मिलानको हो डोरो
टुट्ने त् हजुर रेशमी, पछ्यौरी र चोली हो
बगेको खोला हो कि, बन्दुक्को गोली हो ?
रोक्न नसक्ने भो रे, त्यो कस्तो बोली हो!!
एक बचन पनि नसोधी, बिहे निर्णय गर्नु
अपराध अनि दोषीको, ठहर टोली हो
बगेको खोला हो कि, बन्दुक्को गोली हो?
रोक्न नसक्ने भो रे, त्यो कस्तो बोली हो!!
बोलेपछि पोल्यो रे, राम्रो दिन खुल्यो रे
बोली कै भरमा बिहे, सुनाउछ भोलि हो
बगेको खोला हो कि, बन्दुक्को गोली हो?
रोक्न नसक्ने भो रे, त्यो कस्तो बोली हो!!
बिराही लामा
लम्जुङ्ग सिम्पानी-९
बगैचा
हाल-साउदी हाईल
