यो दुनियाँ बाट मलाई,बैरीले चुँढायो भने
संसार मैले छोड्नै पर्छ,दैबले उठायो भने
तिम्रो सिउँदोमा सिंदूर,बनेर फूल्दा फूल्दै
म’हराउन कर लाग्छ,आँधीले उढायो भने
मेरो प्यारो तिमी हौ,म प्यारो दैवको भए
नरुनु है रोएर हुन्न,तक्दीरले लडायो भने
वार्तालव भेट घाट,फेरी होला कि न होला
दिन र दसाले छोपी,हामीलाई छुटायो भने
घरबार छोरा र छोरी,ईष्टमित्र धानी बस्नु
म तिमी बाट खोसेर,कालले सजायो भने
बिराही लामा
लम्जुङ्ग-सिम्पानी-९
बगैचा
हाल-साउदी हाईल
