Skip to content

म एउटा तिम्रो रोबोट
अरूहरू पनि त्यस्तै म जस्तै रोबोटहरू
म एउटा रिमोटबाट सञ्चालित
किनकी मेरो दिमाग रिमोटबाट सञ्चालित छ
मेरो दिमाग कुनै मनुवाले भनेको मान्दैन
तर पनि मेरो दिमाग मेरो वशमा छैन
कसैले भनेको नमान
आफुलाई भित्रबाट जे लाग्यो त्यो गर भन्छ
तर आफ्नो दिमाग तिमीबाट सञ्चालित छ
हो दिमाग रिमोटबाट सञ्चालित छ
त्यो रिमोट दबाउने को हो ?
त्यही रिमोटले कसैलाई तिमीले असल बनाइदिन्छौ
त्यही रिमोटले कसैलाई तिमीले खराब बनाइदिन्छौ
त्यो रिमोट दबाउने तिमी भगवान हो ?
भगवान हो भने किन पाप बढेको ?
के पाप बढाउने तिमीलाई अधिकार छ ?
के पाप बढाउने तिम्रो कर्तब्य हो ?
के सबै दिमागलाई तिमीले पापमुक्त गर्न सक्दैनौ ?
कि तिम्रो रिमोटमा पनि भाइरस छ ?
बिधिको विधानको कम्प्युटर मर्मत गर भगवान
किन राम्रो मात्र गर्छु भत्रेहरू एक्लिरहेका छन्
किन पापको बोलवाला छ ?
तिम्रो एक दवाइमा बहार आउन सक्छ
किन तिमीलाई कञ्जुस्याइँ भइरहेछ
शायद यो कलियुग हो
तिमी भगवानको पनि सुत्ने समय यो
त्यसैले जहीँतहीँ राक्षशी राज छ
यत्ति भत्र बाहेक के नै गर्न सक्छु र मैले
आफ्नो हातमा रिमोट राखी किन सुति बसेको ?
अबदेखि सुत्ने बेलामा कसैलाई रिमोट देऊ
बिधिको विधानलाई चौबिसै घण्टा चल्न देऊ
तिम्रो लागि रात भर त हो नि भन्यौ होला
तर यहाँ पाप बढेको जुगौं भइसक्यो
पाप बढाएर तिमीले पनि पाप गरिरहेका छौ
त्यसैले अब कहिल्यै नसुत भगवान
सबैको दिमागमा त्यो रिमोट दबाइदेऊ
राम्राहरूलाई अझ राम्रा बनाइदेऊ
नराम्राहरूलाई पनि धेरै राम्रा बनाइदेऊ

बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाण्डौं
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *