Skip to content


नयाँ दिन, नयाँ सालको शुभकामना !
एकै छिन, नयाँ सालको शुभकामना !!

‘कामना छ, उत्तरोत्तर प्रगति हजुरको’ पाओस्
है मौलिन, नयाँ सालको शुभकामना !!

‘छोड्नुहोस बितेका, ती पलपलमा के भो’ अँझैं
चिन्ता किन ? नयाँ सालको शुभकामना !!

‘कति दुख भोगियो, कति पीडा सहियो होला’ भुलेर
खुसी लिन, नयाँ सालको शुभकामना !!

‘नौलोपना जगाउने, नयाँ योजना आओस हजुर’ लौ शुरु
१–२ तीन, नयाँ सालको शुभकामना !!

‘एक अर्कोलाई सघाउँ, हाँसीखुसी रमाउँ’ फेरि भन्दे
ए ‘विपिन’, नयाँ सालको शुभकामना !!

-भुपेन्द्र (bcbhupendra8@gmail.com) बिसी
विकाशनगर, कोहलपुर बाँके

Leave a Reply

Your email address will not be published. Required fields are marked *