Skip to content

दैव हरे के आयो

आज एउटा क्लासिकल गीत राख्ने धृष्टता गरेको छु, हुन त मलाई क्लासिकलको “क” पनि आउंदैन ।यो गीत करिब चालीस बर्ष अगाडी लेखेको थिएँ।जस्तो थियो त्यस्तै राखेको छु।जसलाई क्लासिकल गीतको ज्ञान छ वहाले सुधारी दिनु हुन्छ कि भनि अनुरोध पनि गर्दछु।यहाहरुको सुझावको स्वागत छ।

दैव हरे के आयो

दैव हरे के आयो बिरह को बादल छायो ~
दैव हरे के आयो~~~
धिक पिक धिक पिक बिजुली गर्छ
धिक पिक धिक पिक बिजुली गर्छ
मृतुशैयाको~ रुप देखायो
दैव हरे के आयो~~~
भुत बिते ~~~ भुत बिते बर्तमान बिते झैँ छ
भुत बिते बर्तमान बिते झैँ छ
भविस्यको कल्पना मा~ नै के छ र
भविस्यको कल्पना मा नै के छ र
इश्वर हरे~~~ इश्वर हरे किन
घरबार उजाडयौ
दैव हरे के आयो~~~
बेलाबृक्ष झैं~~~ बेलाबृक्ष झैं लट पट गर्थी
बेलाबृक्ष झैं लट पट गर्थी
हेर्नु पर्यो किन उसैको अर्थी
हेर्नु पर्यो किन उसैको अर्थी
हे जगदिस्वर~~~ हे जग्दिस्वर
जिउंदै मलाइ धमिराले खायो
दैव हरे के आयो~~~
के गरु कहा जाउ~~~ के गरु कहा जाउ कसलाई देखाउ
पीप भरेको मुटुको घाउ
के गरु कहा जाउ कसलाई देखाउ
पीप भरेको मुटुको घाउ
दिप निभ्यो~~~ दिप निभ्यो अस्तिपंजर शरीरको
दिप निभ्यो अस्तिपंजर शरीरको
घर घर स्वास ले गायो
दैव हरे के आयो~~~

हरि पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *