Skip to content

खुसी सारा लुटी रित्तै


खुसी सारा लुटी रित्तै, बनायो पापी मायाले
कसैको आँसुमा उत्सव, मनायो पापी मायाले

देखिँदै मुखमा राम, भित्र छुरा लुकाउँदै
सबैभन्दा असल आफैँ, भनायो पापी मायाले

फसाई प्रेममा झुटो, निमोठी घाँटी सोझाको
मुटुनै टुक्रने वाणै, हनायो पापी मायाले

पुर्याई डिलमा छल्दै, घचेडी भीर पैह्रोमा
घडा त्यो बिषले पूर्ण, खनायो पापी मायाले

टुटाई आपसी नाता, कसम बाचाहरू फेर्दै
अति नै तुच्छता मनको, जनायो पापी मायाले

1 thought on “खुसी सारा लुटी रित्तै”

  1. हजुरका गजलहरुले उर्जा थपि
    हजुरका गजलहरुले उर्जा थपि दिने गर्छ
    केहि न केहि भावना मनमा भरि दिने गर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *