Skip to content

यो मन बुझाउने ठाम छैन

  • by


यो मन बुझाउने ठाम छैन
मनको अध्याँरोमा घाम छैन

बदलिएछ जमानाको रंगढंग
आज आफ्नै कहीं नाम छैन

शहरै शहर मात्र देख्छु यहाँ
कहाँ हरायो मेरो गाम छैन

मेरो नि जमाना थ्यो कुनै बेला
भन्छन् अचेल मेरो काम छैन

धनकै चर्चा छ सबैतिर तर
आफ्नो त खल्तीमा दाम छैन

उठिगयो विश्वास भरोसा सबै
पुज्नुपर्ने अब कोई ‘राम’ छैन

सञ्जय जुग्जाली
बिम – २, म्याग्दी

Leave a Reply

Your email address will not be published. Required fields are marked *