Skip to content

वास्तविकता अर्कै हुन्छ


वास्तविकता अर्कै हुन्छ भावनामा नहराऊ
बिना गल्ती कसैसँग कहिले पनि नडराऊ

ठिक ठाउँमा बस आफू झुटको खेती गर्नुहुन्न
शान्त भई कुरा गर रिसाएर नकराऊ

स्वार्थी छ यो संसार नै मान्छे पनि स्वार्थी हुन्छ
आफ्नो स्वार्थ पुरा गर्न अरु दुखी नगराऊ

रुवाएर अर्कोलाई आफू हाँस्दै हुन्छन कति
शत्रु नै होस् पीडा हुँदा कहिले पनि नरमाऊ

च्यातिएको मन देखे कोशिश गर सिलाउने
तिखा बचन बाण हानी अँझै धुजा नबनाऊ

सृजना न्यौपाने
दमक झापा
हाल यु एस ए

2 thoughts on “वास्तविकता अर्कै हुन्छ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *