सुख र शान्ति सम्बृद्धि पाओस्, कामना मेरो नयाँ वर्ष
हौसला नयाँ उमङ्ग छाओस्, चाहना मेरो नयाँ वर्ष
बेतेका काल अतित सम्झ, वर्तमान् तिम्रो काँधमा छ
मेल र मिलाप् सद्भाव दाओस्, भावना मेरो नयाँ वर्ष
दर्शन राम्रा आदर्श हाम्रा, अँगाल्नु सच्चा यथार्थ जो
गतिको पाइला प्रगति धाओस्, सामना मेरो नयाँ वर्ष
जीवन यात्रा नियात्रा भित्र, झेल्नुछ सारा दु:ख-कष्ट
जुझारु धैर्य साहस आओस्, साधना मेरो नयाँ वर्ष
हर्षको वर्षा खुशीमा जाओस्, कामना मेरो नयाँ वर्ष
ओंठको लाली प्रीतमा छाओस्, चाहना मेरो नयाँ वर्ष
