Skip to content

बाटो हिड्दा फुर्छ मुक्तक

  • by
ArunPoudel


बाटो हिड्दा फुर्छ मुक्तक, लेख्दिन र गल्ती गर्छु
एउटै बाटो हिड्दा पनि, देख्दिन र गल्ती गर्छु
कमाउदै ओठहरू आउदा पनि मेरो छेउमा
यी ओठले ती ओठलाइ , सक्दिन र गल्ती गर्छु

सत्रु त सत्रु नै हो, मित्र भयानक हुन्छ
बाहिरभन्दा झन्, भित्र भयानक हुन्छ
विश्वास लुटेर जब सपना बुन्छ ऊ
उसले कोरेको हर, चित्र भयानक हुन्छ

अरुण पौडेल (चितवन)
हाल – योकोहामा, जापान

Leave a Reply

Your email address will not be published. Required fields are marked *