Skip to content

भित्र भित्रै धोका दिने वफादारलाई

  • by


भित्र भित्रै धोका दिने वफादारलाई देखेको छु
बगलीमा छुरा बोक्ने सदाचारलाई देखेको छु

सिर्जनालाई चोरी गर्दै राखेकाछन् नाम आफ्नै
यस्ता जाली छद्मभेषी गलकारलाई देखेको छु

फुर्तिला र रवाफिला सम्पन्न झैं लाग्छन सधैँ
हृदयका हरिकङ्गाल नाङ्गेझारलाई देखेको छु

कुबिचारले हिंडेका छन् लाज शरम बिर्सिएर
कूलमै आगो लगाउने कुलङ्घारलाई देखेको छु

मनै दुख्ने फट्याईंले ढाक्न खोज्यो जताततै
षड्यन्त्रले भरिएको व्यवहारलाई देखेको छु

कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *