उसले माया लुकाई, मैले देखाएँ
दुई थोपा आँशु, तपतप खसाएँ
ढुङ्गा खोज्दा, मिल्छ कि देवता,
यो दिल फकाएँ, खोज्न पठाएँ
माया भो साह्रो, बाँच्न भो गाह्रो,
ए मेरी सानी, तड्पिदै सुनाएँ
एक्लै जिउन यहाँ, कठिनाई महसुस,
त्यसैले त प्रीतको, नियम बनाएँ
बसन्तमा जल्नुपर्ने, विशेषता बन्यो !
प्रकृतिको उपज ‘विपिन’ सम्झाए बुझाएँ
