Skip to content

मान्छे मान्छेबिचको सद्भाव

  • by


मान्छे मान्छेबिचको सद्भाव खै
फलेको हाँगो जस्तै झुकाव खै

गल्ती हुन्छ गल्तीबाटै सिकिन्छ
गल्ती गरेपछिको पश्चताप खै

ढुंगा झैं कठोर छ अचेल मान्छे
त्यो कोमल हृदयको बचाव खै

रिस-राग, इर्ष्या, घृणा, घमण्ड
छोडेर सबै करुणामय भाव खै

लेख्छु अनि सुनाउँछु गजल तर
राम्रो नराम्रो के छ सुझाव खै

Leave a Reply

Your email address will not be published. Required fields are marked *