आँखाभित्र गाजलु ती, ओठ लाली रैछ,
वास्ना चल्ने फूल रोप्ने, बोट माली रैछ ।
उन्को मुहार जुनजस्तो, खुल्दै टल्किएको,
मन चन्चल पार्ने उन्को, खोट गाली रैछ ।
उत्सुक भै वास्तविक्ता, चाहें खोतल्नलाई,
चोपट रह्यो अर्थतन्त्र, कोट खाली रैछ ।
वैंशालु ती नयनमा, शान्त शालीन भाव,
प्रेमरोग लागेको दिल, चोट पाली रैछ ।
नपर त्यो झूठो प्रेममा, केटी फसाएर,
गर्लान बिक्री वेकूफले, नोट जाली रैछ ।
‘चूडा निर्भीक’
