बडप्पन र घमण्डले नमात्तिनु साथी तिमी
जति दु:ख परे पनि नआत्तिनु साथी तिमी
राम्रा हुन्छन आफ्नै रीति, संस्कृति र परम्परा
बिदेशीको नक्कल गर्दै नपात्तिनु साथी तिमी
खप्नु पर्छ जिन्दगीमा कयौँ चोट र हण्डरहरू
काटिएको चङ्गा जस्तै नच्यातिनु साथी तिमी
क्षमाशीलताभन्दा ठूलो संसारमा केही छैन
रिसारिसले झोक्किएर नतात्तिनु साथी तिमी
सधैँ भरि मीठो हुन्छ सुमधुर र “कोमल”बाणी
सारगर्भित कुरा गर्नु नबात्तिनु साथी तिमी
कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका

गजल राम्रो लाग्यो। बिशेष
गजल राम्रो लाग्यो। बिशेष मतलाले निकै लोभ्यायो।