Skip to content

तर माँयालुलाई …!


अाधा रातमा
बिउझिएको मान्छे
एकोहोरिन्छ
लक्षहिन सपना
छातीमा सजाउदा

चसक्कै पोल्छ
सम्झानाका कोसेली
मुटुमा राख्दा
कहिले रून्छ मन
कहिले हाँस्छ मन

म हारे पनि
तिमीले जित सधैँ
दुईटा मुटु
एउटै हुनलाई
युग युग जीउन

निदाएँ भने
भो नसोध मलाई
गहिराईमा
डुबेको घाम हेरी
माँया के हो भनेर?

चाहान्छौ भने
यी हत्केलाहरूले
आकाशलाई
मुट्ठीमा राखिदिन्छु
तर मायालुलाई….!

Leave a Reply

Your email address will not be published. Required fields are marked *