गास खोसियो आङ् ढाक्ने बस्त्र एकाएक हराउदा
रमितेहरू ताली पिट्छन बियोगले कराउदा
चिच्याउँछु बोलाउँछु काल, शिथिल छ अस्थिपन्जर
प्राण मुस्किल छ जान चस्कन्छ मुटु चराउदा
मेरो पसिना रगतले मातृभूमि रक्ताम्य हुदै थियो
त्यति बेला छक्क पर्छु जन्मभूमि डराउदा
अत्याचार र अहितकारी स्वार्थी यो संसारका
पछ्याउदैनन् मलामी नि सेतो कपडा फराउदा
डराउछ घाट बल्दैन चिता कहानी सुन्दा मेरो
गाली गर्दै बल्छ आगो मासले दोषी ठराउदा
रामकृष्ण पौडेल”अनयास”
गजलकुन्ज
