म मर्दा प्यारी गलाको पोते नखोल्नु बिर्सेर
सौभाग्य पुछी त्यो रातो साडी नपोल्नु बिर्सेर
आफन्त सबै बैरी नै बन्छन् बिधवा देख्दा
आफ्नैलाई टोकीभन्दा नि फेरि नबोल्नु बिर्सेर
एक्लै छु भन्दै टोलाउँदै आखिर नबस पीडामा
माथको सिँन्दुर लगाउन फेरि नछोड्नु बिर्सेर
धर्म र संस्कार कुरीति अनि यो गाउँको चलनले
नदेलान् लाउन हातको चुरा नफोर्नु बिर्सेर
भरतपुर – १३, गजलकुन्ज चितवन
