कामना यो धेरै गर्यौं प्रेमी दिल सजाई
स्वागत पनि धेरै गर्यौ प्रेमी बाजा बजाई
एकोहोरो रोटी कहाँ पाक्न सक्छ साथी
दिल फाटे मल्हम छ बस रजाई रजाई
रात सधैं रहदैन हेरौं दिन पलाउँछ
जीवनले प्रकाश पाउँछ चन्द्र सूर्य कज्याई
रातकी रानी रजाउँछिन् उल्लुलाई उडाउँछिन्
समयले पल्टा खाँदा बस्नु पर्छ लजाई लजाई
समयको चक्र घुमाई यस्तै हुँदो रैछ साथी
घुमीफिरी भाग पर्छ साथी जुठा भाँडा मजाई
