खुम्चिएको अनुहार
निन्याउरो पारामा
डिलमाथि उभिएर
एक तमासाले धर्तीलाई
हेरिरहन्छ आकाश
केही हराए जस्तो
केही लुटिए जस्तो
चुपचाप चुपचाप
आँशुको घुट्को पिउदै
बेहोशी पारामा
कोही आउँछन
अनि बोलाउछन
ताल बेगरको
सुर र संगीत जस्तै
धमाका मच्चाउछन
कोही मुस्कुराउछन
कोही न्यिच्च पर्छन
घरी घरी तीनपाने रक्सीमा
थतुनो बंग्याउदै
ओईलिएको फूल झै
नत सहरा दिन्छन
नत छत्र छाँया
बरू नंग्याउछन
डुंगा माथि निरन्तर
खुकुरीको धार उध्याउदै
उभिएर एक नासले
एक तमासाले
भित्ताका दुलोहरू
टालिए झै गरी
एका-एक फुटेको बोली
शित लहरका शीतहरू
बर्षात झै बर्सिएर
कुक्रुकै परेको शरीर
ठिंगरिंग उभिएर
घामको जवाँनी पर्खन्दै
सधैँभरिको हाँसो
अंगालो भरी भरी
भुस निफन्ने नांग्लोमा
धानको बियाँ बटुलिन्दै
साँमा फ्याक्ने हाँसोमा
सुस्केराका गुनासो
सिरानीमा रातदिन
फन फनिएर बटारिन्दै
लमतन्न पल्टिरहन्छन
ऐठनका सपनाहरू ।
First published : 2013-05-16 17:41:02 +0900
