स्वार्थ अनि घमण्डले जलाउँछ आफैँलाई
मुर्ख अनि पाखण्डले थलाउँछ आफैँलाई
ज्ञानी अनि सज्जनलाई हेप्नु हुन्न कहिल्यै
तिन्नै वुद्धि विवेकले चलाउँछ आफैँलाई
मौका पाए गर्छन् यहाँ चियो चर्चा मान्छेहरू
स्वयं गुरु-चेला बनी गलाउँछ आफैँलाई
मानवता नै हो भने घुल्नु पर्छ चिनी बनी
अरुलाई थेचार्नाले ढलाउँछ आफैँलाई
आऊ हेर पछ्याएर ‘क्षितिज’को किरणलाई
नत्र भने कुनै दिन छलाउँछ आफैँलाई
