नेपाली गजल साहित्यमा एउटा फरक शैलीको रूपमा चितवनका दुई प्रतिभाको एउटै कृति गजल सवाल–जवाफको सयुक्त सङ्ग्रह प्रकाशन हुनु चितवनको गजल इतिहासमा पहिलो कृति हो । यस कृतिले निश्चित रूपमा एउटा सकरात्मक सन्देश दिनेछ समाजलाई र गजलकारिताको क्षेत्रलाई मान्छेका मनहरू कसरी कहाँ रूपान्तरति हुन्छ त्यो समयको कुरा हो । मैले चिनेको यी दुई प्रतिभा गजलकारहरू रामकृष्ण पौडेल र फुच्ची जमुना नेपाली गजलका तिख्खर प्रतिभा हुन् । सृजनाको आगो बोकेर प्रत्येक गाउँ वस्तीहरूमा काव्यिक चेतना भर्न सक्ने यी प्रतिभाशाली गजलकारहरू संवेदनशील हुन् । अक्षर यात्राहरूमा र समयका पाउहरूलाई क्षतिपूर्ति दिनसक्ने सम्भावना छन् यी प्रतिभाहरूसँग ।
यतिबेला गजलको विकास र संरक्षणका लागि अक्षरयात्रीहरू गजलको युग निमार्ण गर्दै छन् त्यही युग निमार्णमा “धमिलिएका डोबहरू” एउटा दस्तावेज बन्नेछ । गजल साहित्यका निम्ति । एउटै भूगोल एउटै क्षितिजमा उभिएर गजलकारहरूले मनका अभिव्यक्तिहरू यस कृतिमा कतै दुःखका । सरोकारहरू र कतै उमगंका लहरहरू जन्माएका छन् । गजलमा पछिल्लो पटक एउटा फरक विषय वस्तु र शैलीको उठान सवाल जवाफको रूपमा आएको छ । यस कृतिमा रामकृष्ण पौडेलले कतिपय सवालहरू राखेका छन भने फुच्ची जमुनाले त्यसको जवाफ लेखेकी छिन् र कतिपय गजलहरू फूच्ची जमुनाले त्यसको सवाल छ।डेकी छिन् र रामकृष्णले जवाफ दिएका छन् । गजलमा साठीको दशकले एउटा अलग पहिचान बनाएको छ यही क्रममा यो गजल सङ्ग्रह एउटा फरक प्रस्तुतिको रूपमा प्रकाशन हुनु गजलकै लागि एउटा इतिहास हुनेछ । अत्यन्त शालीन सौम्य र निश्चल यी गजलकारहरूको अनुहारमा मैले एउटा काव्यिक क्षमता र प्रशस्त योग्यता देखेको छु । यिनीहरूले आफ्ना रचनाहरूलाई आञ्चालिकतासँगै जोडेका छन् । पृथक् सपनाहरू वोकेर साहित्यिक सृजना गरिरहने यी स्रष्टाहरूबाट नेपाली समाजले एउटा लोक संस्कृतिका विविध पक्षहरू भेट्ने छन् भन्ने लाग्दछ । मौलिक संरचना, भाव प्रस्तुतिको गहनता र बिम्व र प्रतीकात्मक संवेदनाहरू प्रशस्त छन् । यिनका गजलहरूमा । अँझै यिनका गजलहरूमा समाकालीन प्रणय चेतनाका भावहरू देखिन्छन् ।
गजलकारहरूले आफ्नो सामाजिक जीनशैली, र समाजको संस्कृति र युगीन चेतनाहरूलाई स्थान दिएका छन् । समाजमा प्रेमले पारेको प्रभाव साहित्यमा यसरी उल्लेख गरेका छन् । कथा शैलीमा एउटै धारमा प्रवाहित छन् । यिनीहरूका प्रणयरुपी गजलहरू कतै आफ्नाो मान्छे विदेशिनुको पीडा त रुदै मनका भूगोलबाट हराएका संकेतहरू गजलमा हृदयमा थुप्रै खुसीहरू बटुलेर आफ्नी प्रेमीकाले समुद्रको लहरबाटै एउटा सुन्दर सृजना उठाएर प्रेमीलाई दिदाको सुखद पुल छ गजलमा आकस कै एउटा सतहबाट क्षितिज पारि नियाल्दै जूनका रश्मिहरूसँगै प्रेमले उत्सव मनाएका कयौँ गजलहरू छन् । यस कृतिमा गजलकार रामकृष्ण र जमुनाले समय को नदी भएर गजलका तरङ्गहरू छाल जस्तै उतारेका छन् । निद्रामा रहेका मान्छेहरूलाई व्युँताएका छन् आफ्ना गजलका शेरहरूमा थाहा छ यी दुई अक्षर यात्रीहरू यतिबेला गजलको यात्रै नभएर आफ्नो जीवनको उज्यालो भविष्य खोजेर शब्द शिखरहरूमा यात्रा गरिरहेछन् । यिनीहरूको यो लोभ लाग्दो सृजनाले केही न केही सन्देश समाजलाई गर्नेछ । समयका प्रत्येक पलहरू महत्तवपूर्ण छ चेतना शील र सृजनशील मान्छेहरू समयको छाता ओढेर सृजना गछन् र सामाजिक विसंगतिहरू भत्काउँछन् यस्तै गरिरहेका छन् यी दुई गजलकारहरू यिनका अधिकास गजलहरू प्रेमले निथ्रुक्कै भिजेका छन् । सर्वाङ्ग जीवन प्रेममा नै निहित छ । यस्तो लाग्थ्यो कतै कुनै गजलहरू त आफैसँग सम्बन्ध जोडिए जस्तै लाग्थ्यो । यीनीहरूको गजलमा कहिले काहीँ म आफै पात्रको रुपमा उभिए जस्तै लाग्छ । पत्थर भैसकेकोल मेरा मनहरू फेरि एक पटक व्युँझिएको जस्तै लाग्यो । यही त गजलको क्षमता र लेखकको सुृजना शक्ति । मैले यीनीहरू को गजलमा आफ्नो अभिमत प्रकट गर्दै गर्दा यस्तो अनुभव गरे धरातलसँगै उड्नुको एउटा औचित्य रहेछ त्यो क्षणिक भए पनि आखिर चाहिने त धरातल नै रहेछ । हो अक्षरहरूले उडान भरेर गजलकारहरू धरातलमै उभिएका छन् आफ्नो एक टुक्रा मन वोकेर । “धमिलिएका डोबहरू”मा प्रेमको शक्ति र समपर्ण भाव छ । हरेक सृजनामा प्रेम हुन्छ र यसमा प्रणयका थुप्रै चेतहरू छन् । समयको उदवेगहरूसँगै प्रेमी–प्रेमीकाहरूको न्यानो स्पर्श भेटिन्छन् । घाम जून जस्तै सुकिलो हुनुपर्छ प्रेम । जीवनको सुन्दर गन्तव्य हुनुपर्छ प्रेम । र थुप्रै थुप्रै मायाको संवेग हुनुपर्छ, रागात्मक भाव हुनुुपर्छ र त्यतिमात्रै हैन आँखाभरि मीठा सपना हुनुपर्छ । र आफू हिड्ने गोरेटाहरूमा थुप्रै बाटाहरू हुनुपर्छ अनि कतै विसौनी हुनुपर्छ । त्यही हो माया गजलकारको यस्तै अनुभूत छ गजलहरूमा मायामा नभेटिने किनारहरू पनि हुन सक्छन् तर सम्भावनाको जिन्दगी बाँच्नु पर्छ एउटा युग निमार्ण गर्न । यस्तै सन्दर्भ उठाएर सवाल राक्दैछन् गजलकार ।
सवालः– मेरो उषाका प्रहरहरू खोसेर भूल गर्यौ,
मन भित्रका रहरहरू खोसेर भूल गर्यौ ।
जवाफः–चाँद छोड्दै विहानीको उषा खोज्दै आए,
कस्को रहर कति रै छ भनी सोच्दै आए ।
सवालः– वस्तीभित्र झोसेर आगो के पायौ कुन्नि,
सँगै रात काटेका सहरहरू खोसेर भूल गर्यौ ।
जवाफः–हामी दुईको सम्बन्धलाई टुटाउने यो समाज
जलाएर राख पारी आगो झोस्दै आएँ ।
थाहा छ गजलकार आफ्नी प्रेयसीलाई यसो भन्छन् तिमीलाई आफ्नो सम्झनेहरू यो समाजमा कोही हुँदैनन् । तिम्रा दुःखहरूमा तिम्रा आसहरूमा म नै प्रत्यक्ष हुनेछ । मान्छेहरू यहाँ विवेकी छैनन् समय समय जस्तो छैन । कति हृदय स्पर्शी छन् गजलका भावहरू अब एउटै अँगालोमा जीवन काट्न सक्नु पर्छ, एउटै सिरानीमा थुप्रै भविष्यका स्वणिम सपनाहरू देख्नुपर्छ र जिन्दगीका क्यानभासहरूमा मायाका रङ्गहरू एउटै पोखिनु पर्छ । किनारा नभेटिने प्रेम के अर्थ ? तृष्णाको ज्वालामा दन्किरहने प्रेमको के औचित्य ? मान्छेको प्रवृति र स्वभावमा फरक भेटिनु पर्छ । फूलको जस्तै मीठो सुभास आउनुपर्छ सामाजिक जीवनका मीठा अनुभूति र तस्विरहरू उजागर हुनुपर्छ । हरेक मनहरू आशावादी र उत्साही हुनुपर्छ । फूल र जीवनको एउटै प्रसंग हुनु पर्छ यो यात्राहरूमा । थाहा छ सत्य प्रेममा आँखाहरू कहिल्यै अघाउँदैनन् मुटुहरू थाक्दैनन् प्रेमको आशक्ति त्यत्तिको हुन्छ । हरपल आँखाकै नजिक भएर वगिरहन खोज्छन् प्रेमका नदीहरू गजलकार को गजलमा हेरौँ नमुना ः
सवालः– यो दुनिया पर बसाइँ सरौ न तिमी र म
शङ्का भो लेकमा बेसी नै, झरौ न तिमी र म
जवाफः– आखिर हाम्रै संसार मास्ने हुन्छन् अभागीको
पीर व्यथा मनका कस्ले सुन्छन् अभागीको ।
सवालः–त्यो क्षितिज हेर हामीलाई बोलाइरहेछ
डाँडा, काँडा, खोल्सा, पहरा, तरौ न तिमी र म ।
जवाफः–तिम्रो मेरो पिरतीको रिस गर्ने धेरै हुँदा
बिना काममा फसाउँदै जाल, बुन्छन् अभागीको ।
मान्छेसँग माया कति छ कति छ तर साँचो र यथार्थ फरक रहेछ । कति झुट्टा मुद्दाहरूमा जीवन झेल्नुपर्छ र अरुका फूलहरूसँगै जीवन फुल्दै क्रमशः भन्नुपर्छ शायद यी नियतिका खेल हुन् । समग्रमा बाँच्नुको सार्थकता त्यहीनिर हुन्छ जहाँ मायाको संवेग हुन्छन् हृदय भरि । हरेक मनको हजलासमा मायाको विकेन्द्रीकरण हुन्छ । नयाँ सोच र अध्ययनसँग संयोजन हुन्छ । मनहरू अनि सार्थकता भेटिन्छन् सृजनाहरूमा । यस्तो लाग्छ मान्छेहरू चराहरूसँग दाजिन सक्दैनन् ती निरिह प्राणीहरूसँग स्वार्थ छैन कटुता छैन छैन लोभ लालसा र इर्ष्यालु भाव कति सुखद छ तिनीहरूको जीवन । तर मान्छेहरूको प्रवृति र दरिन्द्र मानसिकता, दरिन्द्र सोचले कति छरपष्ट भएको छ जीवन । गजलकार जमुनाले आफ्ना मनको देउतालाई मनको शङ्कालाई हृदयवान् नै प्रेमीले स्पर्श गरेर सोधेकी छिन् हजुरलाई कस्तो विदेशमा गर्दैछौ ? मनभरि को थुप्रै अभिलाषाहरू गुनासाहरू पोख्दै छिन् सवालमा यसरी र गजलकार रामकृष्णले आफ्नी प्रेमीकालाई मनको किनारबाट उठठएर आँखा भरि राखेर आफ्नो व्यथा पोखेका छन् गजलमा हेरौ न त :
सवालः–सात समुद्र पारि छौ, काम कस्तो छ राजा ?
ठिक्क कि धेरै थोरै, दाम कस्तो छ राजा ?
कता–कता सुनेकी छु मान्छे जाली छन् रे,
लुटपाट हुन्छ कित, ठाम कस्तो छ राजा ?
जवाफः–विदेशीको खुट्टा मोल्दै बस्नु पर्यो दास कान्छी,
कमाइ छैन हात मुख जोर्न पुर्याको छु गाँस कान्छी ।
कोही आफ्नो छैन यहाँ हराउँछु आफैँ भित्र,
मर्न लाग्दा पानीको नि लाग्दैन खै आस कान्छी ।
यस्तै दुःखहरूको अनुभूति बोकेर आफ्नी प्रेयसीले समुद्रपारिरहेको आफ्नो जीवन साथीलाई धेरै कुराहरू मनको गुनासाहरू बनाएर सोध्दै छिन् यसरी ः
सवालः– कस्तो छ तिम्लाई उता के गर्दै छौ गाउँमा प्यारी ?
बालुवामा खेल्दै छु म बिरानो यो ठाउँमा प्यारी ।
जवाफः–पर्खिएर तिम्रै बाटो हेरी बसँे गाउँमा प्यारा,
कस्तो तिम्लाई उता बिरानो त्यो ठाउँमा प्यारा ।
सवालः– पढ्न पनि सकिएन इलम छैन हातमा केही,
त्यसैले त पर्न आए विदेशीको पाउमा प्यारी ।
जवाफः– यसो उसो कमाई गरी खाने बाटो छैन देशमा,
जानु पर्यो विदेशीको आखिर आज पाउमा प्यारा ।
जिन्दगी बाँच्ने क्रममा कति सम्झौताहरू भएका छन् कति भोगाइहरू रोएका छन् । गन्तव्य वोकेर हिडिरहेका मनहरू कहिल्यै किनार भेट्लान् अनि प्रेमीले स्पन्दनमा जीवन सुखानु भूति होला । आजकल मान्छेहरू पनि किन मान्छे जस्तै वन्न सकिरहेको छैनन् कति स्वार्थी छ यो जमाना आफ्नै भन्ने भन्ने मान्छेहरूले क्षण क्षणमा, बदनाम गरिरहेछन्, घात प्रतिघात रहेछन् । मनको उज्यालो विम्बहरू खोसेर अध्यारा जीवन भोगिरहेका छन् विचरा यी मान्छेहरूको आस्था विश्वास खै कसले उठाउन सक्छ ? अनुभूतिको शृङ्खलाहरू समेटेको गीत लेख्दैछन् र विहानका कलिला घामहरूसँगै उत्साहित मनहरू साट्दैछन् ।
हुन त मान्छेहरू आफैभित्र एउटा पीडाको पहाड वोकेर हिडिरहेको हुन्छन् एउटा अनौठो प्रश्नहरूको । फूल जस्तो स्थिनग्ध जीवन र सुवासिलो प्रेमको आवश्यकता भएर पनि त्यस्तो समग्र भेटिदैन जीवन यात्राहरूमा । कतिपय मान्छेका मनहरू वगर भएका छन् । इर्ष्या र प्रतिशोधले स्थिरता जन्माएको त भावानाहरूमा । थुप्रै सपनाहरू वोकेर अक्षरहरूको यात्रामा वग्दै गरेको स्वर्णीम जिन्दगी लेख्ने क्रममा यतिबेला गजलकार रामकृष्ण र जमुनाले एउटा आफ्नै मायाको आँगन बनाएका छन् । कति छट्पटी, कति पीडा, कति भोगाइहरू छन् । गजलमा । कयौँ रात उनकै पर्खाइमा रोएर बिताएको छन् । आस्थाका उज्याला घामहरू बोकेर उदायका छन् । यी गजल सङ्ग्रहहरू । यिनका रचनागत शिल्पशैली र गजलका संरचनाहरू उपयुक्त छन् तर शब्द भावहरूमा परिकृत भएर आउन जरुरी ठानेको छु । सबै गजलहरूमा मायाको वृतचित्र छन् अब देश र समाज उठान जरुरी छ यी गजल स्रष्टाहरूले । प्राय गजलहरूमा प्रेमी र प्रेमीका बीचको संवादहरू मात्रै छन् । गजलमा अँझै नवीनता खोजको भए यो सङ्ग्रहले एउटा अस्तित्व उठाउने थियो । समग्रमा गजलकारहरू को यो प्रयास प्रशंसनीय छ ।
अन्तमा, एउटा सुकिलो जूनको अस्तित्व बोक्नेछ यस कृतिले सडकमा कसैले क्षतिग्रस्त जीवन भोग्नु परेतापनि सृजनामा यी दुई स्रष्टाले एउटा नयाँ जीवन प्राप्त गर्नेछन् र बनाउने छन् । आफ्नो सुकिलो भविष्य “धमिलिएका डोबहरू ”मा मैले सङ्लो अनुभूति भेटेको छु यहाँ सबै किसिमका शब्द सृजनाहरूमा । यी दुई स्रष्टाले एउटा नयाँ जीवन प्राप्त गर्ने छन् र बनाउनेछन् आफ्नो सुकिलो भविष्य ‘धमिलिएका डोबहरू’मा मैले सङ्लो अनुभूति भेटेको छु, यहाँ सबै किसिमका शब्द सृजनाहरूमा विषयवस्तुको उठान उत्तिकै सार्थक छन् । यहाँ कसले कस्को प्रतिभा दाँज्यो त्यो शब्द सृजनाले आभास दिन्छ । अविराम समयका निद्राहरू विथोलेर वस्तीहरू व्युझिने छन्, चट्टानहरू पनि जुर्मुराएको छन् । शुन्यतामा रहिरहेको चराहरू मौन रहनेछन् यस्तो मायालु गजलका शब्द शिविरहरू बनाएकका छन् गजलकार रामकृष्ण र जमुनाले यी दुवैलाई हृदयभरिको लाख लाख शुभकामना र यस कृतिको पूर्ण सफलताका साथै कविकारहरूलाई वधाई व्यक्त गर्दै आगामी दिनहरूमा अँझै शसक्त रूपमा गजलको क्षेत्रमा अगाडि बढ्ने प्रेरणा प्राप्त हुनसकोस् शुभेच्छा ।
पुष्प अधिकारी ‘अन्जली’
गजलग्रह भरतपुर
मो. ९८५५०६०३०९
