Skip to content

तिमी छौ त म छु, छ मेरो जीवन यो


तिमी छौ त म छु, छ मेरो जीवन यो
अँध्यारो म रात हु तिमी,जुनको किरण हौ
तिमी छौ त म छु, छ मेरो जीवन यो

एक हात मेरो अर्को तिमी छौ, जीवन अघि बढाऊन
माया र प्रेमका ती सुन्दर फुल, एक आपसमा चढाउन
तिमीसँगै कति आनन्दित मन यो
तिमी छौ त अति सुन्दर जीवन यो
तिमी छौ त अति सुन्दर जीवन यो

मसँग छ आँट साथी तिमी छौ, बाधा अड्चन फुकाउन
मसँग छ प्रेम मुस्कान तिमी छौ, सारा दुख सुकाउन
तिमीसँगै बसेको मेरो सहर यो
तिमीसँगै फुल्ने मेरो रहर यो
तिमीसँगै फुल्ने मेरो रहर यो

तिमी छौ त म छु, छ मेरो जीवन यो
अँध्यारो म रात हु तिमी,जुनको किरण हौ
तिमी छौ त म छु, छ मेरो जीवन यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *