Skip to content

आफु हाँसे पनि अरुलाई…

आफु हाँसे पनि अरुलाई रूवाईदिन्छ यहाँ
चोखो प्रीत गर्ने बहानामा भुलाईदिन्छ यहाँ

बाहिर हेर्दा रूप एउटा भित्र भित्रै बेग्ला बेग्लै
दुनियाँ नै पापी भो संसार बित्छ एक्ला एक्लै
तालपरेसी जाल फिजाई झुलाई दिन्छ यहाँ
चोखो प्रीत गर्ने बहानामा भुलाईदिन्छ यहाँ

मनका कुरा मनमै रहीरहयो मै बाँचु कसरी
आँखा देखि आँसु झरीदिन्छ मै हाँसु कसरी
आधा रातमै बिउँझे पनि डुलाईदिन्छ यहाँ
चोखो प्रीत गर्ने बहानामा भुलाईदिन्छ यहाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *