Skip to content

अब मायामा ब्यापार हुनुपर्छ


अब मायामा ब्यापार हुनुपर्छ
किनबेच गर्ने अधिकार हुनुपर्छ

जो तिर्नतयार छ, ठुलो मूल्य
त्यसैको मात्र घरबार हुनुपर्छ

तिमीबिना बाँच्दिन भन्दै थियो
ऊ पक्कै पनि लाचार हुनुपर्छ

सुनियो, माया दिनलिन पाइदैन
त्यो भन्ने चै सरकार हुनुपर्छ

निर्जलको प्रेमिकाहरू धेरैछन रे
बिचरा त्यो बेरोजगार हुनुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *