Skip to content

आज नेपाल बन्द छ


बाटोमा धुवा, धुलो टायर बालेको गन्ध छ
भेट्न मिल्दैन प्रिए, आज नेपाल बन्द छ

चर्को नारा सुनिदैछ उकुस् मुकुस् सास थुनिदैछ
कसैले पख पख्, कसैले हान हान भन्द छ
भेट्न मिल्दैन प्रिए, आज नेपाल बन्द छ

तिमी बहिर जाऔ हामी बन्द मनाऔ भन्छौ
यहाँ प्रेम गर्नलाई त घर भित्रै आनन्द छ
भेट्न मिल्दैन प्रिए, आज नेपाल बन्द छ

ऊ धाएर आउली,कत्ती धेरै दुख्ख पाएर आउली
म निस्किन नसकुला बाहिर ठुलो दोव्न्द छ
भेट्न मिल्दैन प्रिए, आज नेपाल बन्द छ

गाडी जलेको सुने, हामी बस्ने बार ढलेको सुने
हाम्रो माया र आन्दोलनको केही सम्बन्ध छ
भेट्न मिल्दैन प्रिए, आज नेपाल बन्द छ

तिमी जस्तै देश पनि मनभित्र बस्छ काली
आउ सुनिहेर त धड्कन मुटुले त्यही भन्दाछ
बाटोमा धुवा, धुलो टायर बालेको गन्ध छ
भेट्न मिल्दैन प्रिए, आज नेपाल बन्द छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *