Skip to content

आजभोलि अन्तै कोठा खोजी सरेकी छ्यौ रे


आजभोलि अन्तै कोठा खोजी सरेकी छ्यौ रे
तिम्लाई भेट्न आउदा तुरन्तै झरेकी छ्यौ रे

हिजोसम्म त जुनिभरी माँया गर्ने कुरा गर्थ्यौ
खै त ? सबै चिट्ठीपत्र जतातत्तै छरेकी छ्यौ रे

सुन्दैछु आफन्तले रोक्दा रोक्दै अग्रिम हतारमै
लाजै नमानी सिउदोमै सिन्दुर भरेकी छ्यौ रे

आफनो मुटु ठान्नु नै गल्ती भो तिमीलाई मैले
मलाई फाली अर्कैलाई अंगाली मरेकी छ्यौ रे

दिनरात तिम्रै यादमै डुब्थे म त बल्ल थाहा भो
केही दिनमा डोली चड्ने कुरा गरेकी छ्यौ रे

Leave a Reply

Your email address will not be published. Required fields are marked *