Skip to content

कामको मूल्याङ्कन

  • by


कवि प्रेमप्रसादले काम गर्दै आएको कार्यालयको वार्षिकोत्सवको दिन नजिकै आइरहँदा सहकर्मी साथीहरूले उनले गरेको कामको प्रशंसा गर्दै भने, “यसपाली वार्षिकोत्सवको अवसरमा कविजीले पुरस्कार पाउनै पर्छ ।”

कवि प्रेमप्रसाद इमान्दारीताका साथ काम गर्न कहिल्यै पछि पर्दैनन् । उनको कामको प्रशंसा सबैले सधैंँ गर्छन् । हरेक वर्ष उनले काम गरेको कार्यालयको वार्षिकोत्सवका अवसरमा तीनजना कर्मचारीलाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कार दिने चलन छ । तर उसको मनमा भने आफूले पुरस्कार पाउँछु जस्तो लाग्दैन ।

“मैले जति राम्रोसँग काम गरे पनि मलाई पुरस्कार अफिसले के देला र ?” उसले मनमनै भन्ने गर्दछ ।

पुरस्कृत हुनेको नाम गोप्य राखेर वार्षिकोत्सवको दिनमा कार्यक्रम शुरु गरेपछि मात्र सार्वजनिक गर्ने भएकोले कवि प्रेमप्रसादले आफ्नो कार्यालयको वार्षिकोत्सवको दिनमा मैले पुरस्कार पक्कै पाउदिन होला भन्ठानेर उनी साधारण लुगा लगाएर अफिस पुगे ।

वार्षिकोत्सव कार्यक्रम शुरु हुन थाल्यो र पुरस्कृत व्यक्तिहरूको नाम कार्यक्रम सञ्चालकले सुनाउँदा आफ्नो नाम पनि घोषणा भएको सुन्दा उनलाई अचम्मै लाग्यो । सुनेको कुरा कतै भ्रान्ति त हैन कि जस्तो उनलाई लाग्यो ।

“पुरस्कार पाउँछु भनेर आशा गरेकै थिइन । तर मेरो नाम पुरस्कार पाउनेमा कसरी आयो ?” यस्तो सोच्दै उनी पुरस्कार थाप्न पुगे ।

पुरस्कार थापिसकेपछि बधाई पाउदा “कामको मूल्याङ्कन भयो” भनेर उनले सबैलाई सुनाए ।

पुरस्कार पाउने व्यक्तिले आफ्नो केही भनाइ राखेर मञ्चमा उभिएर बोल्नुपर्दा “तपाईहरूले पनि मैले जस्तै इमान्दारीताका साथ काम गर्दै जानु होला, कुनै न कुनै दिन तपाईहरूले पनि मैले जस्तै पुरस्कार थाप्न पाउनुहुनेछ,” उनले भने ।

अरुणबहादुर खत्री “नदी”
सामाखुसी मार्ग, ९३५/५४
काठमाडौं (नेपाल)
फोन ४३५३५९४

Leave a Reply

Your email address will not be published. Required fields are marked *