त्यो आकाश यो जमिनको हिसाब चुक्ता गर्नु छ
मर्ने बेला जन्मै देखिनको हिसाब चुक्ता गर्नु छ
मेरी आमालाई सँधै खुब् थर्काउँछ रे त्यो साहुले
हो मैले सयकडा तीनको हिसाब चुक्ता गर्नु छ
अहिले चिन्दिनौ तर कुनै बेला म तिम्रै थिएँ
सम्झना छ मलाई त्यो दिनको हिसाब चुक्ता गर्नु छ
जिउँदाको जन्ति होस चाहे मर्दाको मलामी होस
जेहोस यहाँ छिन छिनको हिसाब चुक्ता गर्नु छ
भावि संततिलाई न होस् पिँडा ‘जलन आँशु’को
जति छ तिर्नु पर्ने ऋणको हिसाब चुक्ता गर्नु छ
कमल ‘जलन आँशु’
बाबियाचौर, सुर्खेत
