आफ्नै बिरोध सुन्न सकिएला र?
भन्नेको मुख थुन्न सकिएला र?
भुक्ने कुकुरलाई लगाम लाउनु रे ?
त्यो नाँकमा धागो उन्न सकिएला र ?
भन्नेको मुख थुन्न सकिएला र ?
एउटा छुट्टै समाज बनाईदेऊ भन्छौ
सबै असल मात्र चुन्न सकिएला र ?
भन्नेको मुख थुन्न सकिएला र ?
तिमी बाहेक कोही चाहिदैन भन्दै
यसरी एकलकाट्टे हुन सकिएला र ?
भन्नेको मुख थुन्न सकिएला र ?
माया गर्नेहरू अन्धो हुन्छन भन्दैमा
लौन ! आँखा नै मुन्न सकिएला र ?
आफ्नै बिरोध सुन्न सकिएला र ?
भन्नेको मुख थुन्न सकिएला र ?
