मन अलि कोमल
अलि चंचल
अलि पागल
भावुक कहिले अनि
कैले अलि नाजुक
रुन्छ यो
खुसी हुन्छ यो
आफैसँग कुराकानी
कल्पनामा डुब्छ यो
कस्तो रमाइलो
मनको आफ्नै संसार
तर सौता पस्यो यो मनलाई
तनलाई वशमा पारेछ
जोइतिङ्ग्रे भन्थें उसलाई
आज ममाथिनै हास्दै छ
म त दुबैको साझा हुँ
जेठी कान्छी कोही छैन
एउटा नङ हो अर्को मासु
कसलाई फालु ?
कसलाई राखूँ ?
अन्धो छु म
मनलाई अनि मस्तिस्कलाई
तराजुमा राख
मन अलि चंचल छ
अलि उफ्रन्छ
मजाक गर्छ
हास्न सिकौछ
जिन्दगी तेइ त हो
तर मस्तिस्कलाई के भनु?
कुटिल चाल चल्छ
एउटा जीवन हसौंछ
अर्को तर्सौन खोज्छ
विचरा जीवन
दोधारमा सधै
कर्कलाको पानी
कहिले वारि
त कहिले पारि
जंगलको त एउटा राजा
मेरो किन दुइटा ?
भएन
तिनका द्वन्द्वको सिकार म किन हुनु ?
बिचमा परेर किन रुनु ?
दुवै मध्ये एक रोज्न पर्छ अब
शान्तिको बाटो खोज्न पर्छ
रोई रोई दुईभन्दा
एउटा बेश हुन्छ
पापी दुनियामा बच्न
मन मर्दा नै बेश हुन्छ
मन मर्दा नै बेश हुन्छ ।
