Skip to content


हे गुहेश्वरी हे पशुपति हे हाम्रा देउता
पाउमा भक्ति, हामीलाई वरदान मिलोस एउटा

निरन्तर चालु रहेको रह्यै यो खिचातानीको
हुँदैछ फेरि सहमतिभन्दा लाग्दैछ ननिको ।
किन पो चाहियो यो सहमति ननिल्नु ओकल्नु
आपसमा सधैं लुछा र चुँडी आपसमै धकेल्नु ।

लौ यसै गरी भकुर्न पाइने राष्ट्रको भकारी
जनता जाबो हेरेको हेर्यै नेता त डकारी
चुस्न र घिच्न पाएको बेला रगत मासुको
के वास्ता छ र धर्धरी रुने जन्ताको आँसुको ।

लुटेर खान, भुटेर खान रोकिने हुन्छ कि
शक्तिको ह्याउ सत्ताको ढ्याउ कसैले सुन्छ कि
हे पशुपति हे शिद्ध काली बिन्ती हे देउता
सहमति कैल्यै नहोस अब पुकारा छ एउटा ।

बिष्णु घिमिरे
वरुण क्याम्पस
सङ्खुवा सभा, खाँदवारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *