ए जिन्दगी मलाई आफ्नै तरिकाले बाँच्न दे
किन खोस्छस सारा खुसी? सक्छस भने हाँस्न दे
एकतामा बल हुन्छ छिन्न भिन्न हुनुहुन्न
भाँच्चिएर गएका ती सम्बन्धहरू गाँस्न दे
पाउनुभन्दा बढ्ता गुमाउनु पो पर्दोरैछ
लग्नु जति लगिसकिस बाँकी त अब साँच्न दे
लेख्नेहरू पागल रे भन्नेहरू त्यसै भन्छन
ठिकै छ त्यसो भए ‘बिना’ सुरताल नाच्न दे
बिना तामांग ‘सुनागाभा’
