बोल्दा आज बिरुद्द मेरो, लाज किन बिर्स्यौ
तिमीलाई चाहिनसक्ने, समाज किन बिर्स्यौ
धेरै चोटि, तिम्रो लागि लड्न पछि परिन म
उठाको थिए त्यो मैले, आवज किन बिर्स्यौ
बोल्दा आज बिरुद्द मेरो, लाज किन बिर्स्यौ
कसरी सोच्यौ, मैले था’पाउन सक्दिन भनेर
भित्ताको पनि कान भन्ने, राज किन बिर्स्यौ
बोल्दा आज बिरुद्द मेरो, लाज किन बिर्स्यौ
एक्लो, एकान्तमा हुँदा झ्यामिन्थ्यौ तिमी
आज दुई-चार जनाको माझ किन बिर्स्यौ
बोल्दा आज बिरुद्द मेरो, लाज किन बिर्स्यौ
तिमी उक्लिने पइला तल, काँध राखेको थे
खुशी मनाउदै गर्दा, मेरो बर्वाद किन बिर्स्यौ
बोल्दा आज बिरुद्द मेरो, लाज किन बिर्स्यौ
तिमीलाई चाहिनसक्ने, समाज किन बिर्स्यौ
