तिमीले आँखा जुधायेउ, म लजाइन
बत्ती झ्याप्प बुझायेउ, म लजाइन
त्यो हृदय खोलेउ, आँखामा घोलेऊ
निथरुक्क रुझायेउ, म लजाइन
तिमीले आँखा जुधायेउ, म लजाइन
सिरक भित्र खै के टुना मुना भयो
रातभरि नै कुदायेउ, म लजाइन
तिमीले आँखा जुधायेउ, म लजाइन
म अँध्यारोमा छाम-छुम गर्दै थिए
तिमी धप्पक्क उदायेउ, म लजाइन
तिमीले आँखा जुधायेउ, म लजाइन
तारा टिप्न हामी सिखर चड्दैगर्दा
तिमी बेस्सरी लजायेउ, म लजाइन
तिमीले आँखा जुधायेउ, म लजाइन
बत्ती झ्याप्प बुझायेउ, म लजाइन
