Skip to content

भमरा हुँ म

  • by
LakpaSherpaSamarpit

भमरा हुँ म नयाँ नयाँ फूलमा डुल्ने बानी छ
हजारौको भीडमा सबैभन्दा फरक रानी छ

भेटघाट भयो माया बढ्यो मनमा चित्र बन्यो
उनी सग मेरो छुट्टै एउटा रमाइलो कहानी छ

कति आए कति गए हिसाब किताब कहाँ छ
खै किन लाग्छ उनीसग वर्षौको चिनजानी छ

मैले पनि मनै थाम्न, सकेको त कहाँ होर साथी
घरजम गरौ भन्छि मोरीले, उमेर अहिले सानी छ

मैले धेरै सम्झाएँ बुझाएँ, पैसा र बैँस एउटै हो
ससार सारा भुलेर मलाई नै त राजा ठानी छ

लाक्पा शेर्पा समर्पित
ताप्लेजुङ
हाल धनगडी कैलाली नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *