स्वभाविक रुपले एउटा असल मानिस आफू
आफ्नो परिवार र राष्ट्रप्रति उत्तरादायी भएर बाँचेको हुन्छ ।
यी सम्पूर्ण कुराबाट पृथक भएर म किन बाँचिको छु ?
म आफैलाई थाहा छैन ।
किन भने म जन्मदाता, पितामाता, सहधर्मिणी
नजिकका नातेदार दाजु, भाइ, दिदी, बहिनी
तथा यौवन अवश्थाका शुभचिन्तकहरू
कसैको आशा अनुरुप भएर हुर्कन सकिन ।
जसको फलस्वरुप उल्लेखित सबैले दिनहुँ
धारेहात लगाई सरापिरहेका छन् ।
त्यसो भए म के प्रयोजनको लागि
धर्ती माताको अन्न नोक्सान गरिरहेको छु ?
मैले निष्कर्ष निकाल्न सकिन ।
यसो सोच्छु यस्तै कारणले मानिसहरू आत्महत्या गर्दा रहेछन् ।
के म पनि आत्म हत्या गरी मरु ?
अहँ, म यो अमूल्य मानव जीवन आत्महत्या गरी
फाल्न कदापि सक्दीन ।
बरु मलाई यो अवश्थामा ल्याईपुर्याउन
पछि पछि व्यवधानरुपी लाठो लिई लखेट्ने मानव शिकारीहरू !
तिमीहरू होशियार रहु ।
किन भने तिमीहरूले लेखेटाईको कारण भाग्न
अभ्यस्त म अब थाकिसके,
मेरो शरिर बृद्ध र जीर्ण भएर तिमीहरूले पहिले
पहिले लखेट्दा जस्तो रमिता लाग्नेगरी
पसिना–पसिना भएर, शिकारीले लखेटेको मृगभागे
जस्तो भाग्न पनि नसक्ने भए,
बरु म भित्र सल्किएको
हृदयाग्निको फिलीङ्गो जसलाई मैले
आफ्नो भगाईको क्रममा आएको आँशु र पसिनाले भिजाए निभाएको थिए ।
अरु मसँग यी दुई चिज, आँशु र पसिना
निथ्रिएर निमिट्यान्न भैसकेकोले
हृदयाग्नि अनियन्त्रित भैसकेको छ ।
त्यसैले अब मलाई असल नागरिक, असल छोरा
असल श्रीमान् र असल पिता, असल दाुजु, असल भाइ, असल शिक्षक
असल साथी तथा असल नातेदार बन्न
बाधक बनी मलाई लखेट्ने मानव शिकारीहरू,
तिमीहरू होशियार होऊ ।
मलाई अन्त्यसम्म लखेटेउ तर अब नभेटाउ
किनभने तिमीहरू र म समिप दुरीमा हुँदा
मेरो हृदयाग्निको भयांकर आधिवेहेरीमा परि
तिमीहरू भष्म भई तिम्रा लालावालाहरू
टुहुरा होलान् । तिमीहरू होशियार !
यो मेरो हुँङ्कार हो, किन भने
म लुकेर शिकार गर्ने विरालो होइन,
गर्जेर शिकार गर्ने सिंह हुँ ।
म महाभारत पात्र द्रोणी हैन ।
जसले शत्रुपक्षको ५ जना नावालक त्यो पनि
निदाएको बेला हत्या गरेको थियो
म महाभारत पात्र अर्नुजको अनुशरण गर्न चाहन्छु
त्यसैले यो गद्य कविता मार्फत अग्रिम शंखघोष गरेको हुँ ।
कसैलाई पनि असल नागरिक बन्न बाधा व्यवधान हाल्ने
मानव शिकारीहरू, तिमीहरू होशियार! होशियार ! होशियार !
जय बहादुर घिमिरे
खाँदवारी–७, माल्टा, संखुवासभा
