छाती दुख्दा छामी हेरें, कलेजीमा तिमी थियौ
केही सम्झी हाँस्न खोज्दा कलेटीमा तिमी थियौ
दोबाटोमा बिदा हुँदा टाढा भयौं जस्तो लाग्यो,
बास्ना छर्दै आँगनीको चमेलीमा तिमी थियौ
पारि पाखा न्याउली रोयो याद झनै गाढा भयो,
अँश्रु-कुण्ड बग्न खोज्दा परेलीमा तिमी थियौ
विरहको झरी लाग्दा चर्किरह्यो मन्को भित्ता,
छेल्न खोजें बाछिटा नि बलेसीमा तिमी थियौ
बिर्सिदेऊ भन्यौ तर त्यस्तो कहाँ हुन सक्थ्यो?
अँझै पनि मन मुटु मझेरीमा तिमी थियौ
कल्पना राई
कोरिया

Good
ramro lagyo hai malai ta