Skip to content

जिन्दगीको इतिहासै हराउँदा

  • by


जिन्दगीको इतिहासै हराउँदा दुख्छ मान्छे
आफन्तले बिरानु झैं गराउँदा दुख्छ मान्छे

पसिनाले सिञ्चन गर्दै माया दियो बगैँचालाई
ध्वस्त पार्दै गाईबस्तु चराउँदा दुख्छ मान्छे

अनिष्टको कालो बादल मडारियो आकाशमा
अलच्छिनी स्याल, गिद्ध कराउँदा दुख्छ मान्छे

बेसोमती पाखण्डीको राम्रो चाला छैन अचेल
अधम देखि दैव पनि डराउँदा दुख्छ मान्छे

मान्यजनको आदरसत्कार घट्दै गयो आजभोलि
तिरस्कारले होच्याएर अराउँदा दुख्छ मान्छे

जाली, झेली, फटाहाको बिगबिगी भो जताततै
चोटै चोटले “कोमल” मन मराउँदा दुख्छ मान्छे

कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल :- रोचेस्टर, न्युयोर्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *