Skip to content

मोफसलको रचनाले ततायो राजधानीलाई

  • by
20130618_KapilAnjan_News_01


समकालीन गजलका दुई प्रतिनीधि गजलकार कपिल अञ्जान (बाँके) को गजल संग्रह ‘तस्बिर’ र भावना पाठक (चितवन) को ‘सफर’को बारेका परिचर्चा शनिबार काठमाण्डौको रत्न राज्यलक्ष्मी क्याम्पसमा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल मेडिकल कलेजका डा.टिकाराम भण्डारीले अञ्जानको ‘तस्बिर’ अहिलेको परिप्रेक्षमा सबै कुरालाई उठाउन सक्ने कृतिको रुपमा टिप्पणी गरेका छन् ।

महिला हस्ताक्षरमा चितवनकी गजलकार भावना पाठकको कृति ‘सफर’ले सम्पूर्ण नारी आवाजको प्रतिनीधित्व गरेको डा.सुधा शाहीले बताएकी छिन् । सो कार्यक्रममा गजल सुन्न २००भन्दा बढिको उत्साहजनक उपस्थिति थियो ।

यी दुई कृतिले नेपाली गजलको विकासलाई धेरै माथि उठाएको र यस्ता कृतिहरूले मात्र नेपाली गजलको विकास सम्भव भएको बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, र मनोज न्यौपानेले बताएका थिए ।

मधुवन साहित्यिक प्रतिष्ठान, साहित्य परिवार नेपाल मेडिकल कलेज र शब्दघर छापाखानाले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेको हो । मोफसलबाट माथि उठेका कपिल अञ्जान र भावना पाठकले १५/१५ वटा गजल वाचन गरेका थिए ।

कार्यक्रममा वियोगी बुढाथोकी, रमेश पौडेल, मनोज न्यौपाने, शितल कादम्बिनी, बाबु त्रिपाठी, पुरु लम्साल लगायतको उपस्थिति थियो । मधुवनको १७६ औं शृङ्खलाको रुपमा सो कार्यक्रम गरिएको हो ।

कार्यक्रम परिचर्चा तथा रचना वाचन्
आयोजक मधुवन साहित्यिक प्रतिष्ठान, साहित्य परिवार नेपाल मेडिकल कलेज र शब्दघर छापाखाना
मिति २०७०/३/१ शनिबार,

बाबु त्रिपाठी, ९८४१३१६१५४
कपिल अञ्जान, ९८४८१८३६५१

Leave a Reply

Your email address will not be published. Required fields are marked *