निकै दु:ख झेल्यो जेठोले
बल्ल कुरो बुझ्यो जेठोले
सोझो औँलाले आउँदैन घिउ
औँलो टेढो गर्यो जेठोले
सोझो इमान्दार पो थियो
छल गर्नु सिक्यो जेठोले
शहरको रमझममा हराएर
आफ्नै गाउँ भुल्यो जेठोले
“एकदिन त मर्नै पर्छ यार”
सही कुरा बोल्यो जेठोले
-सञ्जय जुग्जाली

अति उत्तम
हरेक जेठाहरू चेतखाएपछि मात्र चेत्छन्