जीवन हुन्छ पीडादायी हिड्दा बाटो छोड्यो भने
सफल हुन्छ खेतीपाती झारपात गोड्यो भने
हो उद्देश्यको पहिचान गर्नु पर्छ यात्रा गर्दा
कठीन हुन्छ फलप्राप्ति बीचमा नै मोड्यो भने
आनन्द हो प्रेम विहार शुद्धताको रोजाइमा
तीतो हुन्छ यो जिन्दगी स्वार्थमा नै तोड्यो भने
भावनाको आदान प्रदान प्रेमको रोजाइमा
यै धरानै स्वर्ग बन्छ शुद्ध नाता जोड्यो भने
सदानन्द अभागी
