समय आफ्नै गतिमा दौडिरहेछ
सेकेण्ड, मिनेट, घण्टा गर्दै
आफ्नै आयु घर्किरहेछ/घटिरहेछ
म भ्रममा बाचिरहेछु ।
भित्ताका पात्रोका पानाहरू पल्टाइरहेछु
समय परिवर्तनशिल छ
समयले कसैलाई पर्खदैन
समयको गतिसँग म हिडन सक्दिन
म आफैलाई ! धिक्कार्छु
थुईक्क मेरो ‘अभागी’ जिन्दगी
म आफ्नै ईमानको निर्मम/क्रुर/हत्या गरेर
आफ्नै स्वाभिमान बेच्छु
झुटको खेती गर्छु
घमण्डको पहाड उक्लिन खोज्छु
समय भन्छ !
थुईक्क ”तँ” भ्रममा बाचिरहेछस
बेलैमा तुजुक गर
तेरो धुलिसात हुनेछ ।
ईतिहासले तेरो धब्जि उड़ाउने छ
भावी पुस्ताले धिक्कार्ने छ्न
पाप, धर्मको त अलि कति ख्याल गर !
अह,
मलाई कुनै पश्चाताप छैन
न त आत्मग्लानी नै
म समयलाई उल्टै भन्छु !
के को पाप, धर्मको कुरा
जसले गर्छ पाप ! उसकै हुन्छ फलिफाप
तर ……
मलाई थाहा थिएन
समयले चेतना/फैलाउछ/छर्छ भनेर
ध्रुवसत्य रहेछ !
समय बलवान रहेछ ।
समयलाई चिन्न सक्नु पर्छ
समयसँगै हिडन सक्नु पर्छ
बेलैमा तुजुक गरे राम्रो !
पछि ब्यर्थ पछुताएर के फाईदा ?
निश्चल काउचा
छङ्जु दक्षिण कोरिया
