समय खोला फर्कत्र साथी नगर अबेर
बाँचेका बेला केही त गर कम्मर कसेर
सबैको खून रातै त हुन्छ नगर विभेद
जे पायो त्यही नबोल साथी किताब पढेर
गरिब–लाई नगर हेला नैतिक बनन
सहीद हाम्रा यसैका लागि लडेथे समर
सबैमा कुरा सिकाई मात्र विद्वान हुँदैन
जानेका–हरू सिकारु बनी सिक्दछन् हेरत
पैसाको बल धाक र धक्कु दिएर के गर्ने
त्योभन्दा असल धन छ हेर बुद्धि र विवेक
सगर–माथा बुद्धको देश चम्काऔं नेपाल
सगर्व भनौं नेपाल–वासी हामी हौं नेपाली
अँध्यारो मेट्ने प्रभात बनी उज्यालो ल्याएर
देशका लागि केही त गरौं नगरौं अबेर
छन्द :– असारे ( झ्याउरे )
२०७०/०३/१६
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाण्डौं
bijusubedi@gmail.com
