आकाश रोएपछि, तारा रोएपछि
म कसरी हाँस्नु? सारा रोएपछि
किन नझुकोस त हिमालको शिर
रुकुम रोल्पासँगै बारा रोएपछि
नियम केही छैन,कानून पनि छैन
हाम्रो संबिधानको धारा रोएपछि
ब्युँतिनेछ हेर मरेको त्यो शहिद
खोकु छिन्ताङे र खारा रोएपछि
धर्ती भासिनेछ मान्छे मासिनेछ
फेवा…..तिलिचो र रारा रोएपछि
राजु मुखिया “दर्पण”
दोहा कतार

wastabik
wastbik kabita